You are viewing the translated version of क्षतिपूर्तिको रकम निर्धारण गर्दा लिइने आधारहरु.

Section 31
क्षतिपूर्तिको रकम निर्धारण गर्दा लिइने आधारहरु
अदालतले पीडितलाई उपलब्ध गराइनेक्षतिपूर्तिको रकम निर्धारण गर्दा देहायको कुनै वा सबै विषयलाई आधार लिन सक्नेछः-

(क) पीडितले व्यहोर्नु परेको वा पर्ने चिकित्सकीय, मनोवैज्ञानिक रमनोचिकित्सकीय परामर्श बापत मनासिब खर्च,

(ख) पीडितले व्यहोर्नु परेको वा पर्ने औषधोपचार खर्च,

(ग) पीडितले व्यहोर्नु परेको अप्रत्यासित यातायात खर्च,



स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि "अप्रत्यासित यातायात खर्च" भन्नाले कसूरको प्रत्यक्ष परिणाम स्वरुप पीडितलाई पुगेको क्षति कमगर्नको लागि तत्काल आवश्यक परेको परामर्श वा औषधोपचार सेवापीडितको बसोबास वा कार्य स्थल वा वारदात स्थलबाट दशकिलोमिटरको दुरीमा उपलब्ध हुन नसकी पीडितले त्यस्तो सेवा प्रागर्नको लागि दश किलोमिटर भन्दा बढी दुरी यात्रा गर्दा यातायातमालागेको मनासिब खर्च सम्झनु पर्छ ।

(घ) पीडितले व्यहोर्नु परेको कानून व्यवसायीको खर्च,

(ङ) कसूरको प्रत्यक्ष परिणामको कारणबाट पीडितको व्यक्तिगत क्षमतामापुगेको क्षति,

(च) पीडितले व्यहोर्नु परेको वा पर्ने आर्थिक क्षति,तर त्यस्तो आर्थिक क्षति बापत पीडितले प्रचलित कानूनबमोजिमको बिमाबाट क्षतिपूर्ति प्राप्त गरेकोमा वा प्राप्त गर्ने भएकोमा यसखण्ड बमोजिम क्षतिपूर्ति दिइने छैन ।

(छ) क्षति पुगेका व्यक्तिगत सामानको मर्मत सम्भार वा नयाँ खरिद गर्दालागेको वा लाग्ने खर्च,

(ज) कसूरको प्रत्यक्ष परिणाम स्वरुप पीडितको गुमेको वा क्षति पुगेको आयआर्जन क्षमता,

(झ) पीडितको शारीरिक सौन्दर्यमा परेको प्रतिकूल असर,

(ज) पीडितको शारीरिक, बौद्रिक, यौन वा प्रजनन क्षमतामा भएको क्षति,

(ट) जबरजस्ती करणीको कसूरको हकमा सो कसूरबाट पीडितको सामाजिक,सांस्कृतिक वा पारिवारिक प्रतिष्ठा वा सम्बन्धमा परेको प्रतिकूल प्रभाव,

(ठ) जबरजस्ती करणीका कारण पीडित गर्भवती भएकोमा प्रचलित कानूनबमोजिम गर्भपतन गर्न वा शिशु जन्माउन र शिशुलाई पालनपोषणकोलागि लाग्ने खर्च,

(ड) कसूरका कारण गर्भपतन भएकोमा औषधोपचार खर्च,

(ढ) विशेष अवस्था आकर्षित हुनेमा पीडितले निज विरुद्ध हुन सक्ने थपकसूरबाट बच्ने असल नियतले परेको मनासिब खर्च,स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विशेष अवस्था” भन्नाले कसूरहुँदाका बखत पीडितको शारीरिक वा मानसिक स्थिति वा पीडितकोबसोबास स्थल, कार्यस्थल वा वारदातस्थलको विशेष अवस्थितिको अनुचितलाभ उठाई पीडितको विरुद्धमा गरिएको कसूरको प्रत्यक्ष परिणाम स्वरुपपीडितले असामान्य प्रभाव वा असर बेहोरेको वा व्यहोर्नु पर्ने अवस्थासम्झनु पर्छ ।

(ण) पीडितले व्यहोर्नु परेको मानसिक वा भावनात्मक क्षति,

(त) क्षतिको प्रकृति र प्रभाव अनुसारको अन्य उपयुक्त आधार,

(थ) विशेष अवस्था आकर्षित हुने पीडितका हकमा थप कसूरबाट प्रथमस्तरकोपीडितलाई बचाउने असल नियतले पीडितले गरेको मनासिब खर्च,

(द) नाबालिग सन्तानले गुमाएको अभिभावकको संरक्षकत्व ।